एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट झण्डै २८ अर्ब ऋण लिने सरकारको निर्णय
काठमाडौं। सरकारले एसियाली विकास बैङ्क र विश्व बैङ्कसँग साढे १८ करोड अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो। अर्थ मन्त्रालयबाट डिजिटल ट्रान्सफरमेसन परियोजनाका लागि एडीबी र विश्व बैङ्कले प्रदान गर्ने क्रमशः ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर जम्मा ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरिएको छ।
त्यसैगरी दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको सरकार प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
