दीपक खड्कालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।

चैत १५ गते पक्राउ परेका उनलाई आज दोस्रोपटक म्याद थप गरिएको हो। यसअघि काठमाडौं जिल्ला अदालतले ७ हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले नै बताएका थिए।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो। जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।