आज चैत २३ गते सोमबार,यस्तो छ तपाईको राशिफल
मेष- व्यवसायका लागि यात्रा गर्ने अवसर मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्न सक्छ, तर व्यापारबाट लाभ हुने समय छ। नयाँ काम सुरु गर्न अनुकूल छ र आर्थिक लाभ पनि हुने संकेत छ।
वृष- व्यापार व्यवसायमा फाइदा हुनेछ । सामान्य प्रयासबाटै सफलता मिल्नेछ। वैदेशिक क्षेत्रका अधुरा काम पूरा हुनेछन् । साथीभाइको सहयोग मिल्नेछ र रचनात्मक कार्यमा सक्रिय हुने समय छ।
मिथुन- विचार नगरी बोलेमा समस्या उत्पन्न हुन सक्छ, त्यसैले सतर्क रहनुहोस् । सामाजिक प्रतिष्ठा बढ्नेछ र कामको प्रशंसा हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । कडा प्रयास गर्दा पनि अपेक्षित सफलता नआउन सक्छ र विवादको सम्भावना रहन्छ ।
कर्कट- विगतका कमजोरी सुधार गर्ने अवसर मिल्नेछ । टाढिएका सहयोगीहरूको साथ पाइनेछ । शिक्षामा सफलता मिल्नेछ र व्यापारबाट अपेक्षित लाभ हुनेछ । तर नयाँ काम सुरु गर्न समय अनुकूल छैन र कार्यमा केही झन्झट बढ्न सक्छ ।
सिंह- आम्दानी बढ्ने संकेत छ । मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ । भौतिक सुख सुविधा प्राप्त हुनेछ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ, जसले मान प्रतिष्ठा बढाउनेछ ।
कन्या- काम सम्पन्न भएपनि जिम्मेवारी र बोझ बढ्न सक्छ । सहयोगीहरू साथमा रहनेछन् । यात्रा सुखद रहनेछ । बोल्दा सावधानी अपनाउनुहोस्, नत्र झूटा आरोप लाग्न सक्छ । परिवारबाट केही समय टाढा रहनुपर्ने हुन सक्छ, तर साहित्यिक कार्यमा रुचि बढ्नेछ ।
तुला- स्वास्थ्य कमजोर रहन सक्छ, तर काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चिनु पर्नेछ । पेट सम्बन्धी समस्या देखिन सक्छ । पढाइमा ध्यान दिन गाह्रो हुनेछ र विरोधीहरू सक्रिय हुन सक्छन्, त्यसैले सावधान रहनुहोस् ।
वृश्चिक- काममा प्रतिस्पर्धा बढ्नेछ र केही चुनौतीहरू आउनेछन् । प्रयास गरे अवसर प्राप्त हुनेछ । आर्थिक अवस्था बलियो बन्नेछ । बुद्धि र विवेकले राम्रो निर्णय गर्न मद्दत गर्नेछ ।
धनु- प्रेम र मित्रताको सम्बन्ध बलियो हुनेछ । व्यापारमा फाइदा भएपनि खर्च बढ्नेछ । प्रतिस्पर्धीहरूलाई पराजित गर्न सकिनेछ । मेहनत अनुसार सफलता र आर्थिक लाभ मिल्नेछ ।
मकर- व्यवसायिक कामका लागि टाढाको यात्रा हुन सक्छ । आम्दानी भएपनि चोट पटकको सम्भावना छ, सतर्क रहनुहोस् । मित्रहरूको सहयोग पाइनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदानले मान सम्मान दिलाउनेछ । घरायसी समस्या भएपनि काममा सफलता मिल्दा सन्तुष्टि रहनेछ ।
कुम्भ- झमेला, विवाद र चोट पटकको योग छ । आर्थिक अभावले चिन्ता बढाउन सक्छ र कामको चाप पनि बढ्नेछ । नयाँ काम सुरु गर्न सकिनेछ, तर खर्च बढ्ने सम्भावना छ । ढिलासुस्ती र आर्थिक हानीबाट जोगिन सतर्क रहनुहोस्।
मीन- पठन पाठनमा ध्यान दिन गाह्रो हुनेछ । काममा केही चुनौतीहरू आउनेछन् । स्वास्थ्य समस्याले दैनिक काम र पढाइमा असर पार्न सक्छ। काममै व्यस्त रहँदा मन सन्तुष्ट भएपनि अपेक्षित लाभ भने कम हुन सक्छ।
