एमाले प्रदेश सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।

बालबालिकासम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो ।

शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो।

यसअघि नै मुद्दा चलाउन नपर्ने निर्णय भइसकेकाले उनलाई हिरासतमुक्त गरी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजसालले आदेश जारी गरेको हो।