पोखराको जग्गाबारे जवाफ दिन गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका छन्।

फेवातालको २० रोपनी जग्गामा गृहमन्त्री गुरूङको नाम मुछिएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत् उक्त जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका हुन्। ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस्,उनले भनेका छन्,नैतिकताको सवाल खडा भयो।

उनले फेवातालको जग्गाबारे उठेको सवालको जवाफ नदिए जनताले कुरा काट्ने र प्रहरीले पनि गृहमन्त्रीलाई टेर्न छाड्ने उल्लेख गरेका छन्। ‘अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्,साम्पाङले लेखेका छन्,तपाईंलाई मान्दैनन्। प्रहरीले पनि टेर्न छाड्छन्।

काम गर्ने मान्छेको खुट्टा तातिने र काम गर्ने क्रममा अपजस पाइने स्मरण गर्दै उनले पोखराको फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा रहेको खबरले सामाजिक सञ्जाल तात्दा नमज्जा लागेको बताएका छन्।

अध्यक्ष साम्पाङले आफूले सदनमा उठाएको जेनजी आन्दोलन र सहकारी ठगी प्रकरण मुद्दा नभुल्न पनि गृहमन्त्री गुरूङलाई आग्रह गरेका छन्। अझै अघि बढ्नुहोस् शुभकामना छ,उनले लेखेका छन्,तर, मैले सदनमा उठाएका दुईटा मुद्दा नबिर्सनु होला । एक, जेनजी आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारबाही। दुई, जीबी राईलाई पक्रेर रवि दाइलाई न्याय दिने।

यस्तो छ,अध्यक्ष साम्पाङको भनाइ 

प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन! मलाई “हर्क दाइ” भन्नु हुन्छ! त्यो साइनोले “भाइ हो तपाइँ मेरो” मलाई “हर्क जी” भन्नु हुन्छ! त्यो अर्थमा “साथी हो तपाइँ मेरो” तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ “माननीय गृह मन्त्री ज्यु” हुनुहुन्छ! with respect मैले त्यो भन्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन्! nothing personal, everything professional and legal! तपाइँले नभल श आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो! धन्यवाद सबैले दिएकाछन्! गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ! धन्यवाद छ !I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला! gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाईलाई न्याय दिने!काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्! तपाइँलाई मान्दैनन्! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु! त्यो दिन चाँडै आवोस्! जय देश!