कवि पौडेलको भावसुमन कविता संग्रह लोकार्पण
काठमाडौं। त्रिवेणी साहित्य प्रतिष्ठान गैडाकोटद्वारा आयोजित कार्यक्रममा नारायण प्रसाद पौडेल उत्सबको कृति भावसुमन कविता संग्रह विमोचन भएको छ।
कार्यक्रममा पूर्ण प्रसाद अधिकारीले कविको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पारे। प्रा.डा. नारायण प्रसाद अधिकारीले कविको साहित्य र साधनाको उच्च प्रशंसा गर्दै साहित्यिक उज्ज्वल भविष्यको शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा रामचन्द्र लम्सालले कविको कविता संग्रह भएपछि उहाँको कृति पाठक समक्ष प्रस्तुत हुँदा यो समाजमा योगदान रहेको चर्चा गरे।
कवि कृष्णशरण पौडेलले कविता वाचनसहित शुभकामना मन्तव्य व्यक्त गरे। भगवानको भागवत प्राप्त भएको व्यक्तिले मात्र कवि बन्ने र साधना अभ्यास आवश्यक रहेको बताए।
कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै सभापति इन्द्रराज पौडेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा चितवन नवलपुरका प्रबुद्ध साहित्यकारको उल्लेखनीय उपस्थिति रहेको थियो।
गैडाकोट प्रज्ञा प्रतिष्ठान कुलपति गोविन्दराज विनोदीले कविको साहित्य निरन्तररुपमा साधना प्रतिभा उच्च रहेको पाइएको बताउदै सेवानिवृत्त भएपछि यो कविता संग्रह प्रकाशित भएकोमा शुभकामना मन्तव्य व्यक्त गरे।
