आज चैत २४ गते मंगलबार,यस्तो छ तपाईको राशिफल

मेष- भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । यात्राको योग पनि छ । रोकिएका काम बन्नेछन् भने स्थायी आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त हुनेछ र लगनशीलताले काममा उत्साह थप्नेछ ।

वृष- दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ र भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा पनि प्रगति हुनेछ । विभिन्न अवसर प्राप्त हुनेछन् र सहयोगीहरूको साथले अप्ठ्यारा काम पनि सजिलै सम्पन्न हुनेछन् ।

मिथुन- व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्न सकिन्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्नेछ र सहयोगीहरू नै प्रतिस्पर्धी बन्न सक्छन् ।

कर्कट– बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा गरेका व्यक्तिबाट धोका पाइने सम्भावना छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आँटेका काम ढिलो भएपनि पूरा हुनेछन्, तर सहयोगीहरूले साथ छाड्ने संकेत देखिन्छ ।

सिंह- अतिथिको सम्मान गर्ने अवसर पाइनेछ । मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । सहयोगीहरूको साथले काममा उत्साह बढ्नेछ । खर्च भएपनि लामो यात्रा सम्भव छ । मान सम्मान र प्रतिष्ठा बढ्ने समय छ ।

कन्या- आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । प्रयास गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

तुला- स्वास्थ्य कमजोर रहन सक्छ, जसले गर्दा सोचेजस्तो काम गर्न नसकिनेछ । जिम्मेवारी भने बढ्नेछ । हतारमा गरिएको निर्णयले समस्या ल्याउन सक्छ । मौसमी रुघाखोकी, टाउको तथा आँखा सम्बन्धी समस्या आउन सक्छ, त्यसैले सावधान रहनुहोस् ।

वृश्चिक- बौद्धिक कार्यबाट धन लाभ हुनेछ । प्रयास गरेका काम ढिलो भएपनि पूरा हुनेछन् । रोकिएका काम बन्नेछन् र व्यवसायबाट फाइदा हुनेछ । टाढाका शुभचिन्तकहरूको साथ पाइनेछ र महत्वपूर्ण व्यक्तिसँग भेटघाट हुनेछ ।

धनु –प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । सहयोगीहरूको साथ र हौसला पाइनेछ । प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ र समय लाभदायक रहनेछ ।

मकर- कामका लागि गरिएको यात्रा अपेक्षित रूपमा सफल नहुन सक्छ । समय खेर जान सक्छ र केही समस्या आउन सक्छन् । तर व्यापार व्यवसायमा लाभ हुने संकेत छ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ ।

कुम्भ- सानातिना काम र घरेलु समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्य समस्याले सताउन सक्छ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । आकस्मिक खर्च बढ्नेछ र आर्थिक अभावले काम रोकिन सक्छ ।

मीन- अध्ययनमा कमजोरी देखिन सक्छ र लेनदेनमा विवाद आउन सक्छ । व्यवसायिक काममा पनि समस्या देखिन सक्छ । आँटेका काम कठिनाइका साथ पूरा हुनेछन् । खर्च बढ्नेछ र पैसाको अभावले काम रोकिन सक्छ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ ।