सेयर बजार सामान्य अङ्कले घट्यो

काठमाडौं । सातको तेस्रो कारोबारको दिन मङ्गलवार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले घटेको छ। नेप्से २.६१ अङ्कले घटेको हो। बजार २७५७.४० विन्दुमा झरेको छ। आज १ करोड ७४ लाख कित्ता किनबेच हुँदा कुल ६ अर्ब ७३ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनीको सेयरमा ८२ वटाको मूल्य बढ्दा १७५ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

मङ्गलवार तीनवटा सेयरमा सकारात्मक सर्किट लागेको छ । भुजुङ खोला हाइड्रो, सुपर खुदी हाइड्रो र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर १० प्रतिशतले बढेको छ ।

आज एनआईबीएल ग्रोथ फन्डको सेयर ७.०८ प्रतिशतले घटेको छ । झापा इनर्जी ३.९६, चिर्ख्वा हाइड्रोपावर ३.८३, अपर लोहोरे खोला हाइड्रोपावर ३.६६ र अभियान लघुवित्त ३.०८ प्रतिशतले घटेका छन् ।

कारोबार रकमको आधारमा ङादी ग्रुप पावर अगाडि छ । यो कम्पनी र रिलायन्स स्पिनिङ मिल्सको २४ करोडको कारोबार भएको छ । आज विकास बैङ्क, फाइनान्स, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक घट्दा वाणिज्य बैङ्क, होटल तथा पर्यटन, जलविद्युत् र अन्य समूह बढेको छ ।