श्रम संस्कृति पार्टीमा जानेबारे सुदन र हर्कबीच छलफल
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को अध्यक्ष परिषद्का सदस्यबाट राजीनामा दिएका पूर्वमन्त्री सुदन किरातीले आफू हाल कुलिङ पिरियडमा रहेको बताएका छन्। प्रलोपाबाट राजीनामा दिएका किराती श्रम संस्कृति पार्टीमा जाने भन्ने चर्चा पनि चुलिएको छ।
किराती भने अहिले आफू कलिङ पिरियडमा रहेको र कुनै दलमा आवद्ध हुने निर्णय नभइसकेको बताउँछन्। किरातीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँग छलफल भएको भने पुष्टि गरे। उनले अहिले कुनै दलमा आवद्ध हुने निर्णय नभइसकेको र अन्ततः श्रम संस्कृति पार्टीमा रहेर काम गर्ने सम्भावना भने बलियो रहेको बताए।
‘प्रलोपाबाट राजीनामा दिएपछि अहिले म कुलिङ पिरियडमा छु। कुनै दलमा आवद्ध हुने निर्णय भइसकेको छैन । यद्यपि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँछ छलफल भएको भने हो,’ उनले भने ।
