बढ्यो सुनचाँदी मूल्य,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। बुधबार सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ। अमेरिका, इजरायल र इरानबीच युद्ध अन्त्यका लागि पहल भएसँगै कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ थियो। आज चाँदी पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँ बढेको हो।
हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
