पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार भारत जाँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत जाने भएका छन्।यही चैत २९ गते आइतबार भट्टराई भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा.राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन जाने भएका हुन्।
उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन लागेका हुन्। उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन्।
यो कार्यक्रममा डा.भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ। कार्यक्रम आगामी वैशाख १ गते आयोजना गरिएको छ।
भारत भ्रमणका क्रममा वैशाख २ गते साउथ एसियन यूनिभर्सिटी नयाँ दिल्लीको कार्यक्रममा प्रमुख वक्ता पनि भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ। भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ।
