कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने एक महिने जरा अभियान आजदेखि

काठमाडौं। नेपाली काँग्रेसले आजदेखि क्रियाशील सदस्यता अध्यावधिक अभियान शुरु गर्दैछ। बैशाख महिना भर चल्ने यो अभियानमा काँग्रेसका सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले क्रियाशील सदस्यता आफ्नो सम्बन्धित वडाको काँग्रेस समितिबाट लिनुपर्ने छ।

यो अभियानको शुरुवात काँग्रेसका सभापति गगन कुमार थापाबाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै शुभारम्भ गरिने काँग्रेसले जनाएको छ । जस अनुसार आज दिउसो १ बजे सभापति थापा आफ्नो वडा काठमाडौँ महानगर– ३० को इकाई कार्यालय पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने बताइएको छ। काँग्रेसले यसलाई ‘एक महिने जरा अभियान’ नाम दिएको छ।