म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले साताभरि कामपछि हुने बिदाका दिन आफू जिस्किने गरेको बताएका छन् ।
सार्वजनिक बिदाका दिन आइतबार साँझ फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेको तस्बिरसहित ‘देश बनाउने टोली’ लेखेको तीन घण्टापछि अर्को स्टाटस लेखेका हुन् ।
दोस्रो स्ट्याटसमा उनले लेखेका छन्, ‘हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन।दुस्ख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु ।
