एमाले फुट्दैन, पुनर्गठन हुन्छ: योगेश भट्टराई
काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी टुट्ने फुट्ने नहुने तर पुनर्गठन हुने बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पार्टी पुनर्गठन हुने बताउँदै टुट्ने फुट्ने नहुने, सबै मिलेर एकताबद्ध हुने र सबैको सम्मान हुने टिप्पणी गरेका छन् । उनले साथै उनले मति सुध्रने र गति बढ्ने समेत उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘छोक, ढुक्क रहनुहोस, लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ, फुटने छैन, टुटने छैन, सबै मिल्ने छन्, थप एकताबद्ध हुनेछन्, सबैको सम्मान हुनेछ, मति सुध्रने छ, गति बढ्ने छ।
