सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मुल्य बढेको छ।
आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १५५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार उक्त सुन २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदी ४ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी ४ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो
