पार्टीमा सबैलाई मिलाउने हो,मिलाउँछु: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सबैलाई मिलाएर लाने आफ्नो जिम्मेवारी रहेको हुँदा सबैलाई मिलाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
बागमतीको चुनावी समीक्षामा सोमबार हेटौंडामा बोल्ने क्रममा सभापति थापाले नेताहरुसँग कुराकानी सुरु गरेको जानकारी गराएका हुन्। पार्टीमा वृहत्तर एकताका लागि नेताहरुसँग संवाद हुने उनले बताए।
पार्टीभित्र बस्दै आएका हामीहरु मात्रै मिलेर हुँदैन। पार्टीलाई वर्षौदेखि समर्थन गर्दै आउनुभएको ठूलो पङ्ति छ,थापाले भने,सदस्यभन्दा बाहिर हाम्रो लाखौं समर्थक हुनुहुन्छ। हामीलाई यसपटक भोट हाल्नु भएन। किन ? त्यो खोजौं भन्ने मेरो कुरा हो। पार्टी भन्दा बाहिर रहेका शुभेच्छुक र समर्थकलाई पनि पार्टीमा जोड्नुपर्ने छ।
पार्टीको सदस्यता लिएर कांग्रेसले भोट हाल्दिन भन्नेले कांग्रेस छोड्न उनले सुझाव दिए । पार्टीमा संरचनामा व्यापक परिवर्तन आवश्यक रहेको उनले बताए।
पार्टीभित्र अब विवादको अध्याय अन्त्य भएको थापाले नेता कार्यकर्तासँग भने,विशेष महाधिवेशन ठीक थियोरथियो भन्ने अध्याय अब सकियो। यो बहसलाई यही अन्त्य गर्ने हो।
