प्रदेश खारेज गर्न रास्वपालाई दुई-तिहाइ चाहिए हामी छौँ: ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन्।
सोमवार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताए।
मुलुकमा हिन्दु राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफनो पार्टीले साथ दिने नेता शाहीको भनाइ थियो।
उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफनो पार्टीले सदैव पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
