सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै हाम्रो अनलाईन २०८३ बैशाख ८, मंगलवार काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजे बस्ने भएको हो। बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुने संसद सचिवालयले जनाएको छ।