विगतमा देश बिचौलिया र माफियाको प्रभावमा चल्यो भनेको कुरा आज ब्युँझँदैछु: नेता भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बिचौलिया र माफियाको प्रभावमा चलेको भनेर आफूले विगतमा बोलेका कुरा आज ब्युँझँदै गएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेता भण्डारीले लेखेका छन्, ‘विगतमा मैले संसद्मा स्पष्ट भनेको थिएँ, यो देश बिचौलिया र माफियाको प्रभावमा चलेको छ, सरकार पनि उनीहरूकै हितमा काम गरिरहेको छ। आज ती हाम्रा आवाजहरू ब्युँझँदैछन्।
उनले अगाडि लेखेका छन्, ‘देश सबैको हो, देश लुट्ने र लुट्न दिनेहरू नै देशका वास्तविक शत्रु हुन्। निर्मम छानबिन आजको आवश्यकता हो।’
भण्डारीले देशको स्रोत साधनको दोहन गर्ने र त्यसमा संलग्न हुनेहरूमाथि कडा कारबाही हुनुपर्ने मागसमेत गरेका छन्।
