श्रमिक अधिकारको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस्: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक अधिकारको संरक्षण र कार्यान्वयनमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदुरहरूले आठ घण्टाको कार्यदिनको माग गर्दै गरेको ऐतिहासिक सङ्घर्षको स्मरण गरेका छन्। प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,यो महत्त्वपूर्ण अवसरमा नेपाली कम्युनिस्ट पार्टी श्रमिक वर्ग,विशेष गरी किसान,मजदुर र सुकुम्वासीहरूको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव स्पष्ट र प्रतिबद्ध रहने छ।
सन्देशमा उनले भनेका छन्, ‘श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरूको सुनिश्चितताका लागि सरकारलाई आग्रह गर्दछु ।श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बन्नुपर्छ।
