प्रम बालेनको भारत भ्रमण भयो भने लिपुलेकबारे अडान र परिणामको प्रतीक्षामा छु: बास्कोटा
काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादका विषयमा सरकारले लिएको अडान सही रहेको बताएका छन्। भारतले विगतकै धारणा दोहोर्याएको र चीनले यसलाई आफ्नो समस्या नभएको बताउने सम्भावना रहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।
लिपुलेक सीमा विवादमा सरकारले लिएको अडान ठीक छ, उनले सामाजिक सञ्जालमा लेखेका छन्, भारतले पुरानै कुरा भन्यो र चीनले(यो हाम्रो समस्या होइन भन्ने होला।
साथै, बास्कोटाले कूटनीतिक मामिलामा ‘बोल्यो–बोलेन’ भन्ने खालको बहसलाई खासै अर्थपूर्ण नभएको उल्लेख गर्दै यस्ता विषयमा परिणाममुखी पहल आवश्यक हुने धारणा राखे।
‘ग्रेटर नेपाल’ का समर्थक ठानिने प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणका बेला नेपालको अडान कति प्रभावकारी रूपमा प्रस्तुत हुन्छ र के परिणाम आउँछ भन्ने प्रतीक्षामा आफू रहेको उनको भनाइ छ।
उनले भने, कूटनीतिमा बोल्यो, बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन। बरु ग्रेटर नेपालकै समर्थक ठानिने प्रम बालेनको भारत भ्रमण भयो भने हाम्रो अडान र परिणामको प्रतिक्षामा छु म चै।
