रवि लामिछाने जी,आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर हो प्राधिकरण बनाउन खोजेको ?
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले रास्वपा सभापतिको अभिव्यक्ति आउन ढिला भएको बताएका छन्।
रास्वपाको आइतबारको बैठकले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका अव्यवस्थित बसोबास र भूमिहीनहरूको समस्या समाधानका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सरकारलाई सुझाव दिएको छ। सोही सन्दर्भमा रहेर सांसद हर्कले उक्त सुझाव धेरै सुकुम्बासीको घरटहरा भत्काएपछि आएको भन्दै टिप्पणी गरेका हुन्।
उनले आयोग बनाएर मात्रै डोजर चलाउनु पर्ने बताए। अब आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर प्राधिकरण बनाउन खोजेको हो कि भन्दै प्रश्न समेत गरे।
रवि लामिछाने जी!! ढिलो आयो अभिव्यक्ति। त्यो शक्तिशाली प्राधिकरणरआयोग बनाएर मात्रै डोजर चलाउनु पर्थ्यो। अब आफ्ना सांसदहरूकै घर पुर्जाबिनाको देखेर हो प्राधिकरण बनाउन खोजेकोरुु उनले भने।
