लिपुलेक नेपाली भूमि हो,भारतले अस्वीकार गर्न मिल्दैनः हर्क साम्पाङ
काठमाडौं। श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति आपत्ति जनाएका छन्।
सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुगेका उनले सञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताए।
भारत सरकारको विदेश मन्त्रालयले लिपुलेक भूमि नेपालको हो भन्ने दाबी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो। अध्यक्ष साम्पाङले सुघौली सन्धीले सो भूमि नेपालको हो भन्ने तथ्य उजागर गरेकाले भारत सरकारले त्यसो भन्न नमिल्ने तर्क गरे।
उनले भने,भारतले त्यसो भन्न नपर्ने हो । त्यो भूमि हाम्रो हो । भारतले पहिला देखिनै प्रमाण पुग्दैन भनिराख्या छ। त्यो भूमि हाम्रो हो । सन् १८१६ को सुघौली सन्धीले त्यो भन्छ।
सरकारले सुकुम्बासी बस्ती डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्ष श्रम शक्ति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ।
