आफ्ना सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिँदै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ। बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको हो।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा वैशाख २६ र २७ गते प्रशिक्षण कार्यक्रम राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।
यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो। त्यतिबेला विषयविज्ञसहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए। वरिष्ठ नेता बालेन शाह उपस्थित नभएकोमा आलोचना समेत भएको थियो ।
