अब मलाई होइन,बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू: पूर्वप्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा। मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले असन्तुष्टी व्यक्त गर्दै सो अभिव्यक्ति दिएकी हुन् ।

उनले परिषद्ले एक नम्बर वरीयतामा रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश सिफारिस नगरेर सरकारले गम्भीर गल्ती गरेको बताउँदै आएकी छिन् ।

यसैबीच शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् ।

उनी कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाउँदा उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको रु’

यसैबीच कार्कीले आक्रोशमिश्रित भावमा भन्छिन्– तिमीहरूको आमा नै फेरिइसक्यो । उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई आमा भन्न आग्रह गरिन् । कार्कीले भन्छिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब ।