प्रधानमन्त्रीलाई सदनमा र्याप हान्न बोलाएको होइन: ज्ञानेन्द्र शाही
काठमाडौं। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभई जवाफ माग्नका लागि बोलाइएको बताएका छन्।
बुधवार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्याप हान्न बोलाएको होइन नि। उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुँदा रास्वपाकै सांसदहरूले संसद् बैठकमा अवरोध गरेको पनि उनले सम्झाए।
