सम्पत्ति जाँचबुझ आयोगविरूद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगविरूद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने होरु आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नू,’ आदेशमा भनिएको छ।

त्यस्तै यस विषयमा जेठ ६ गते दुबै पक्षसँग छलफल हुने भएको छ। रिटमा सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग असंवैधानिक र गैरकानुनी भएकोले खारेजीको माग गरिएको छ ।