एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक भएको छ। एसइईको पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म हुने भएको छ।
बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। नतिजा अनुसार एसइईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्वजनिक गरेको थियो। यस पटक एसइईको परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरिएको थियो।

