सिंहदरबारको एउटा भवन श्रमदान गरेर बनाउने भन्दै हर्कले मागे अनुमति
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा सिंहदरबारमा जलेको एउटा भवन आफूहरू बनाउन तयार रहेको बताएका छन्।
सोमबार जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिन माग गरे।
उनले भने, ‘जेनजी आन्दोलनमा जलेको सिंहदरबार भित्रका भवनमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस् । हामी श्रमदान गरेर बनाउने छौँ।
