प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माविरूद्ध १६ उजुरी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा‍.मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिमा सोमबार साँझसम्म १६ उजुरी परेको हो ।

सङ्घीय संसद् सचिवालयकी उपसचिव सावित्रा शर्माले समितिले उजुरी दिनका लागि तोकेको १० दिनको समयमा डा‍। शर्माविरुद्ध १६ उजुरी परेका जानकारी दिइन्।

संसदीय सुनुवाइ समितिको वैशाख २५ गते बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

उजुरी दिने समय आजसम्म थियो। समिति सचिवालयले उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिने व्यवस्था गरेको थियो ।

उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन भनिएको थियो । अब भोलि ९मंगलबार०बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ । त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गरिनेछ।