प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै हाम्रो अनलाईन ५ जेष्ठ २०८३ काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ। उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। उनका अनुसार, प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ।