वीर, पाटन र टिचिङ अस्पताललाई विश्वविद्यालयको रूपमा विकास गर्ने
काठमाडौं । सरकारले तीन प्रतिष्ठानलाई अन्तराष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तराष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने बताए ।
‘यी अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्ने सक्षम बनाउनेछौं,’ उनले भने ।
