रोष्ट्रमसम्म पुगे सांसद, नियमावली जबर्जस्ती पारित गर्न खोजेपछि धकेलाधकेल
काठमाडौं । प्रतिनिधिसभाको नियमावली वेल घेराउका बीच निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रोष्ट्रम ढाल्ने र हात हालाहालसम्मको स्थिति बनेको छ ।
सभामुख डीपी अर्यालले सबै विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि विपक्षी दलका सांसद रोष्ट्रमसम्म पुगेका हुन् ।
प्रतिनिधिसभाको नियमावली नै सत्तापक्षले वेल घेराउका बीच पारित गर्न लागिएको छ । प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले संसदको वेल घेराउसमेत गरिरहेको अवस्थामा प्रतिनिधिसभा नियमावली सत्तापक्षले बहुमतले पारित गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।
सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावलीलाई विपक्षी दलहरूको वेल घेराउका बीच निर्णयार्थ प्रस्तुत गरेका थिए ।
विपक्षी सांसदहरूले ‘यस्तो सभामुख चाहिँदैन, स्वेच्छाचारिता बन्द गर, सभामुख पदबाट राजीनामा दे’ लगायतका नारा लगाएका थिए । सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच झडपको स्थिति आएपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
