रास्वपा गौरिगञ्ज अधिवेशन सम्पन्न, बालकृष्ण शर्मा ‘सन्देश’ सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गौरिगञ्ज गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले समाजसेवामा सक्रिय रूपमा संलग्न रहँदै आएका बालकृष्ण शर्मा ‘सन्देश’लाई गाउँपालिका सभापतिमा निर्विरोध निर्वाचित गरिएको छ।
गौरिगञ्ज क्षेत्रमा सामाजिक तथा जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका शर्माको नेतृत्वमा रास्वपाले गाउँपालिका स्तरमा नयाँ कार्यसमिति गठन गरेको हो। स्थानीय स्तरमा सामाजिक सेवामार्फत पहिचान बनाएका शर्माको नेतृत्वले पार्टी संगठनलाई थप गतिशील बनाउनुका साथै विकास, सुशासन र जनउत्तरदायी शासनको पक्षमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अधिवेशनबाट प्राप्त परिणामले गौरिगञ्जको समग्र नेतृत्व विकासमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय कार्यकर्ताहरूको भनाइ छ। नयाँ नेतृत्व चयनसँगै गाउँपालिकाका नागरिकले आशालाग्दो नेतृत्व पाएको विश्वास व्यक्त गर्दै आगामी दिनमा विकास निर्माण,पारदर्शिता र जनसेवामुखी कार्यले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित सभापति शर्मालाई कार्यकर्ता तथा समर्थकले बधाई दिँदै पार्टी, समाज र जनताको हितमा अझ प्रभावकारी तथा सकारात्मक कार्य गर्न सकून् भन्ने अपेक्षा गरेएका छन्। स्थानीय तहमा देखिएका विभिन्न समस्या समाधान, युवाको सहभागिता वृद्धि, सामाजिक सद्भाव र विकास निर्माणका कामलाई नयाँ कार्यसमितिले प्राथमिकतामा राख्ने विश्वास गरिएको छ।
अधिवेशनबाट निर्वाचित कार्यसमितिकाे सभापति-बालकृष्ण शर्मा ‘सन्देश’ ,उपसभापति-धनमाया ताजपुरिया,सचिव-गंगाप्रसाद राजवंशी,सहसचिव- प्रभास राजवंशी,सदस्यहरूमा- जितेश कुमार यादव, प्रशान्त कुमार राजवंशी,गणेश माझी निर्वाचित भएका छन्।
रास्वपाको प्रथम गाउँपालिका अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तारसँगै जनताका मुद्दा उठान गर्ने, सुशासन प्रवर्द्धन गर्ने तथा गौरिगञ्जलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
