बाजुरामा एक युवकको हत्या,एक जना पक्राउ

धनगढी। बाजुरामा एक युवकको हत्या भएको छ। बुढीनन्दा नगरपालिका-६ कोटिला बस्ने ३२ वर्षीय निर रावतको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले आपसी विवादका क्रममा बुधबार राति रावतको हत्या भएको पाइएको बताए।

उनकाअनुसार हत्यामा संलग्न रहेको आरोपमा १९ वर्षीय टेकेन्द्र रावतलाई पक्राउ गरिएको छ।

उनलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको हो। घटनाको थप अनुसन्धानका लागि जिप्रकाबाट प्रहरी निरीक्षक शाही नेतृत्वको टोली घटनास्थलतर्फ गइरहेको छ।

प्रारम्भिक अनुसन्धानमा आपसी विवादका क्रममा टेकेन्द्रले निरलाई ढुंगा प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।