सशस्त्रको हेडक्वार्टरमा आगलागी घटना छानविन गर्न समिति गठन

काठमाडौं। सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा)मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

घटनाबारे छानबिन गर्न बनेको समितिले काम सुरु गरिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए। उक्त समितिलाई हदम्याद तोकिएको छैन। सकेसम्म छिटो छानबिन सक्काएर प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता भट्टले बताए।

बुधबार राति ८ बजेतिर सशस्त्र हेडक्र्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारीहरुमा क्षति पुगेको बताइएको छ। बंगलामुखी गणबाट आएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो।