राप्रपा दुइ चिरा धवलशम्शेरको नेतृत्वमा १८३ नेताले छाडे सूची

काठमाडौं । राप्रपाका महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत १८३ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

शीर्ष तहमा रहेका नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले आज सामूहिक रुपमा राप्रपा परित्यागको घोषणा गरेका हुन् ।

राणाले यसअघि नै पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेका थिए । उनले समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान समेत गरेका थिए । त्यसलगत्तै आज उनकै नेतृत्वमा १८३ जनाले सामूहिक राजीनामा गरेका हुन्।

पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले विज्ञप्तिमार्फत जानकारी गराएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन्।