राप्रपा परित्याग गरेका धवल शमशेर र दुर्गा प्रसाईंबीच एकता

काठमाडौं। राप्रपा परित्याग गरेका धवलशमशेर राणाले नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँसँग एकता गरेका छन्।

शुक्रबार एक कार्यक्रमबीच उनीहरुले एकता घोषणा गरेका हुन्। उनीहरुले समझदारीपत्रमा हस्ताक्षर समेत गरेका छन्।

कार्यक्रममा बोल्दै दुर्गा प्रसाईँले धवल शमशेर आफ्नो अभिभावकजस्तो रहेका बताए। आफूहरूबीच भागबण्डा गर्ने मनसाय नभएको बताउँदै उनले देशलाई सही बाटोमा पुर्याउन आफूहरू सहयात्रामा जुटेको बताए।

यस्तै, उनले आफ्नो समूहका कार्यकर्ताहरूलाई धवलशमशेरलाई पनि नेता मान्न आग्रह गरेका छन्।