सीडीओको नेतृत्वमा ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन

काठमाडौं । सरकारले देशभरका सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्लामा ७ सदस्यीय समिति गठन गरेको हो । जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला भित्रको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सदस्य हुनेछन् ।

सदस्यहरु जिल्ला समन्वय अधिकारी, जिल्ला सदरमुकामस्थित भूमि प्रशासन कार्यालयका प्रमुख, जिल्ला सदरमुकामस्थित डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि र सदस्य सचिव जिल्ला सदरमुकामस्थित नापी कार्यालयका प्रमुख रहनेछन् ।

गत जेठ १९ गते गते मन्त्रिपरिषद्को निर्णयानुसार बलभद्र बास्तोलाको अध्यक्ष रहेको केन्द्रीय समिति बनिसकेको छ ।
नवनियुक्त जिल्ला समितिहरूलाई भूमिसम्बन्धी समस्याहरूको पहिचान र समाधानका लागि कार्यहरू अघि बढाउन निर्देशन दिइएको छ ।