विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन मन्त्रालयमै सुत्ने
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई बस्ने भएका छन् । उनी आफ्ना बन्दोबस्तीका सामानसहित आज सिंहदरबारभित्र रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा डेरा सरेका हुन् ।
भैसेपाटीस्थित मन्त्री क्वाटरहरु जेनजी आन्दोलनमा जलेकाले अहिले सरकारले मन्त्रीहरूलाई आवास व्यवस्था गर्न सकेको छैन । काठमाडौंमा घर भएका मन्त्रीहरू घरबाटै मन्त्रालय धाइरहेका छन् भने नभएकाहरुले डेरा प्रबन्ध गरेका छन् ।
मन्त्री पुनले हिजो पदबहालीपछि पत्रकारसँग कुरा गर्दै सरकारले क्वार्टर दिएन भने मन्त्रालयमै सुत्ने बताएका थिए । नभन्दै उनी आज बिहानै आफ्नो बन्दोबस्तिका सामानसहित मन्त्रालय डेरा सरेका छन् । उनले ४९५ वटा ब्याग र एउटा कार्टुन ल्याएका छन्
