सदन र पार्टीमा सम्पत्ति छानबिनबारे आवाज उठाउने मै हुँ,भ्रम सिर्जना गरियो: जनार्दन शर्मा
काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सदन र पार्टीमा सम्पत्ति छानबिनको विषय उठाउने आफैँ भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले सरोकार नै नभएको विषय बनाइ भ्रम सिर्जना गर्ने उद्देश्य राखेर मिडिया ट्रायल गरेकोमा दुस्ख व्यक्त गरे।
उनले उक्त विषयमा आफू अहिले पनि अडिग रहेको दाबी गरे।
उनले भनेका छन्, ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाइ भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।
