रविले भने- पार्टीभित्रको विवाद सडकमा नलैजानु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन्।

चितवनमा आइतबारदेखि जारी प्रथम महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका हुन्।

तर, उनले कुनै पनि विवादलाई सडकमा नलैजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँदै रास्वपालाई विश्वास गरेर मत दिएका जनताका लागि भए पनि कुनै गुटबन्दी नगर्न आग्रह समेत गरे।