इन्धनको मूल्य नघटाएकोमा कांग्रेसको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले अझै पुरानै महँगो मूल्यमा इन्धन किन्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ११७.६३ बाट घटेर ६९.२१ अमेरिकी डलरमा मा झर्दा करिब ३० प्रतिशत गिरावट भएको उल्लेख गर्दै भने, “मूल्य घट्दा आम नागरिकले तत्काल राहत पाउनुपर्छ, तर उनीहरू वञ्चित छन्।
पौडेलले नेपाल आयल निगमको ‘हामी प्रशोधित तेल किन्छौँ’ भन्ने बहानालाई अस्वीकार गर्दै भने, “यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि घट्नुपर्छ । तर निगमले तथ्य लुकाएर पुरानै बहाना देखाइरहेको छ।
उनले निगमको दोहोरो मापदण्डमा पनि प्रश्न उठाएका छन्। भाउ बढ्दा तुरुन्तै बढाइन्छ, घट्दा भने बहाना बनाएर आलटाल गरिन्छ,” पौडेलले भने । निगममा सुशासन र पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै उनले तत्काल मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिन माग गरेका छन् ।
उनले लेखेका छन्
