रास्वपाको निर्वाचनमा ८९० प्रतिनिधिले हालेनन् भोट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो चरणको निर्वाचनमा ८९० प्रतिनिधिले मतदान नगरेको पाइएको छ। चितवनको भरतपुरमा उपस्थित तीन हजार ८४९ प्रतिनिधिमध्ये दुई हजार ९५९ जनाले मात्र मतदान गरेका रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

९९ केन्द्रीय सदस्य पदका निम्ति बुधबार ९असार १०० राति १२ बजेपछि मतदान सुरु गरिएको थियो । उक्त मतदान सम्पन्न भइसकेको छ। प्रवासमा रहेका १७० जनाका निम्ति मतदान जारी छ। बिहीबार अपराह्न ४ बजेसम्म उनीहरूलाई मतदानको समय तोकिएको आयोगले जनाएको छ।

प्रवासका १७० प्रतिनिधिले अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारीका निम्ति भने बिहीबारै अपराह्न ४ बजेदेखि मतदान थालिने नेता मनिष झाले जानकारी दिए ।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । उपभापति, महामन्त्रीसहितका अरू पदका निम्ति दोस्रो चरणमा मतदान हुनेछ ।