रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने
काठमाडौं। सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि खुवाइँदै आएको खाना आज साँझसम्म भएको व्यवस्थापन टिमले जानकारी दिएको छ ।
भोलि बिहानदेखि भने प्रतिनिधि आफैँले व्यवस्थापन गर्नुपर्ने छ । असार ७ गतेदेखि सुरु भएको महाविधेशन ९ गते सकिने भने पनि दुईदिन पर धकेलिसकेको छ ।
सुरुमा असार ८ र ९ गतेका लागि खाना, खाजाको व्यवस्थापन गरेको रास्वपाले महाविधेशन लम्बिए पछि असार १० र ११ गतेको खाना र खाजाको व्यवस्था गरेको थियो ।
रास्वपा महाविधेशनमा खुलातर्फका ९९ जना केन्द्रीय सदस्यहरुको नजिता सार्वजनिक भएको छ । अब ६ जना पदाधिकारीका लागि पुनः महाधिवेशन प्रतिनिधीहरुले मत हाल्न बाँकी नै छ । आज राति नै पदाधिकारीका लागि मतदान गराउने तयारी रास्वपा केन्द्रीय निर्वाचन आयोगको छ ।
