खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित,प्रतिनिधिलाई बिहानको चिया मात्रै
काठमाडौं । खर्च अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ। व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ।
ढिलाइ र विभिन्न विवादका कारण छैटौं दिनसम्म लम्बिएको महाधिवेशन आज नयाँ पदाधिकारी चयनसँगै सम्पन्न गर्ने तयारी गरिएको छ। आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइका बीच महाधिवेशन सञ्चालन भइरहेको हो।
महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ।
