रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक फेरी सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन समयमा सम्पन्न नहुँदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ।

असार ७ गतेदेखि ९ गतेसम्म सम्पन्न हुने भनिएको महाधिवेशनमा आजसम्म पनि नसकिएपछि प्रतिनिधि सभाको बैठक शनिवार बिहान ११ बजेसम्मका लागि सारिएको छ।

यसअघि बिहीबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आज शुक्रवार दिउसो १ बजेका लागि सारिएको थियो। सङ्घीय संसद् सचिवालयले शनिवार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठक बस्ने गरी सभामुखले निर्धारण गरेको जानकारी दिएको छ।