तेलमा मरेको साङ्लो भेटिएपछि कर्नर पोइन्ट रेस्टुरेन्टलाई दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं। काठमाडौंको न्यूरोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारले गुणस्तर मापदण्ड पालना नगरेको भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले हिजो गरेको अनुगमनका क्रममा रेस्टुरेन्टभित्र कैफियत फेला परेको हो।
निरीक्षणमा म्याद नाघेको फ्रुट सिरप प्रयोग भएको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको तथा खाद्य सामग्री राखिएको फ्रिज अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ ।
अनुगमनपछि विभागले तत्काल सुधार गर्न निर्देशन दिँदै रेस्टुरेन्टलाई ३ दिनभित्र आवश्यक कागजातसहित स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।
