असार २५ गतेसम्म सेवानिवृत्त हुने कर्मचारीको रकम भुक्तानी गर्न निर्देशन
काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको सुविधाबापतको रकम असार २५ गतेसम्म निकासा गरी भुक्तानी गर्नरगराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।
महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले पत्राचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित बिदा र औषधिउपचार बापत पाउने रकम भुक्तानी गर्नुरगराउन अनुरोध गरिएको बताउनुभयो।
यसअघि कार्यालयले असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने भने पनि केही समयको लागि अवधि बढाइएको जनाएको छ।
