आइतबार विद्यालय खोल्न स्थानीय सरकारको निर्णय

काठमाडौं। काभ्रेको मण्डनदेउपुर नगरपालिकाले वर्षे बिदामा समायोजन गर्ने गरी आइतबार विद्यालय खोल्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।

संघीय सरकारले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेर कडाइका साथ लागु गरेको छ । तर, मण्डनदेउपुरले आइतबार दिन विद्यालय खोल्ने र आइतबारको बिदा वर्षे बिदामा समायोजन गर्ने निर्णय गरेको हो।

यही असार १५ गतेको बसकोे मन्डनदेउपुर कार्यपालिकाको निर्णयअनुसार परिपत्र जारी गर्दै आइतबार पनि नियमित पठनपाठन जारी राख्ने विद्यालयहरुलाई भनिएको हो।

पत्रमा आइतबारको बिदाका कारण पुगेको पठनपाठन दिनको क्षतिपूर्ति गर्न पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरमा रहेको वर्षे बिदा समायोजन गर्ने विद्यालयलाई निर्देशन दिइएको छ ।